काठमाडौं, ५ साउन ।नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच प्रदेश सरकार निर्माणमा गठबन्धन हुने भएको छ । एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत वामगठबन्धन हुन लागेको जानकारी दिएका छन् ।
उनका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तालाप गरेपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन् ।
‘यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्न सकोस्’, बस्नेतले फेसबुकमा लेखेका छन् ।
उनले वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा गरिएको पनि बताएका छन् ।
