काठमाडौं, १७ साउन । भक्तपुरको मध्यपुर ठिमी–६, कमेरोटारस्थित आफ्नै निवासबाट राष्ट्र, राष्ट्रियता, धर्म तथा संस्कृति बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज राति १०:२२ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली र जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काको टोलीले प्रसाईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भक्तपुर लगेको छ।
