काठमाडौं, २२ भदौ । बाढीका कारण रसुवा जाने मुख्य राजमार्ग क्षतिग्रत भएपछि रसुवा जाने अर्काे वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । मध्यपहाडी राजमार्गको ढिकुरे–फेदीबेँसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला (रसुवा) –धनस्वारा–पाटीखर्क–भोर्ले –जिबजिबे –बोगटीटार (पासाङल्हामु राजमार्ग)–कालिकास्थान–धुन्चे सडकअन्तर्गत बोरे भञ्ज्याङ–सानो खोला (रसुवा)–धनस्वारा पाटीखर्क खण्ड सञ्चालनमा ल्याइएको हो।
एक्साभेटर, ब्याकहोल लोडर, टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, साँघुरा स्थानमा सडक चौडा गर्ने, ग्राभेल राख्ने, कल्भर्ट निर्माण गर्नेलगायतका मर्मत तथा सुधारका गरी सडक सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । उक्त खण्डमा ठुला सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्था बनेको छ।
यसअघि सञ्चालनमा रहेको काठमाडौं–टोखा–छहरे–चौघडा पुल–बाहुनबेँसी–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकबाट ४ चक्के साना सवारीसाधन सञ्चालन हुँदै आएका छन्। अब पाटीखर्कसम्म पुग्ने दुईवटा वैकल्पिक सडक उपलब्ध भएका छन्।
जाने – फेदीबेँसी चोक–हिरामुनिटार–चोगते –बोरे भञ्ज्याङ–सानो खोला (रसुवा) –धनस्वारा–पाटीखर्क
फर्किने – पाटीखर्क–लच्याङ–नर्जा–आप्र–बाहुनबेसी–चौघडा पुल हुँदै मध्यपहाडी राजमार्ग


