काठमाडौं, २२ भदौ । भदौ २२ गते सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा सोमबार अन्दाजी १५:३० बजे ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको अपरेसनका क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो।
पक्राउ पर्नेमा सुनसरी, धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा बस्दै आएका ३२ वर्षीय सुजित देउला रहेका छन्।
उनीहरूको साथबाट ट्रामाडोल ५८ बक्स, १ हजार ७४० फाइल अर्थात् १७ हजार ४०० क्याप्सुल तथा एक थान स्कुटर समेत बरामद भएको छ ।
च्यासलबाट पक्राउ परेका व्यक्तिहरूको सम्बन्ध, लागूऔषधको स्रोत, वितरण सञ्जाल तथा समूहका अन्य सदस्यबारे थप अनुसन्धानका लागि वरामद लागुऔषध तथा नियन्त्रणमा लिएका ब्यक्तिलाई सम्बन्धित निकायमा बुझाइएको छ।

ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएकोमा उनिहरुकै सुचनाको आधारमा
भदौ २२ गते सांझ थप लागू औसध बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ईन्टेलीजेन्स ब्युरोले ललितपुर जिल्ला ललितपुर महानगरपालिका-७ स्थित
डुपाक भन्ने स्थानबाट काभ्रे जिल्ला पनौती नगरपालिका -१ पर्खालचौर घर भएका वर्ष ४२ को अर्जुन भुजेलको कोठाबाट लागू औषध ट्रामाडोल २९७ बक्स ८९१० फाइल अर्थात ८९१०० क्याप्सुल बरामद गरेको हो ।
लागुऔषध संगै एन्ड्रोइड मोबाइल २ थान, नगद ६५०५ रूपैयाँ
सुन जस्तो देखिने पहेंलो धातु पोते सहितको तिलहरी १ थान सहित उनलाइ नियन्त्रणमा लिएको छ ।


