काठमाडौं, १ असोज ।
संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा भएको निर्णयअनुसार
संसदीय विशेष समिति बनाउने विषयमा छलफल सुरु भएको छ ।
रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल गर्न संसदमा रहेका दलहरुबाट संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक संलग्न छलफल अहिले सिंहदरबारमा चलिरहेको छ ।
शिक्षा समितिको हलमा छलफल जारी रहेको रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जनाएका छन् । वुधबार राजनीतिक दलहरुबीच सर्बदलीय संसदीय विशेष समिति बनाउने सहमति जुटेको थियो ।
समितिको नेतृत्व, आकार र उसका अधिकारका विषयमा केन्द्रीत रहेर छलफल चलिरहेको बताइएको छ ।


