काठमाडौं, १ असोज ।
कांग्रेस सभापति गगन थापाको पछिल्लो एउटा निर्णयले अन्तत निवतर्मान सभापति शेरबहादुर देउवा समूह थप विभाजित हुने निश्चित भएको छ ।
थापाले १४ औं महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय सदस्य मानेर आमन्त्रण गरेपछि देउवा समूहमा रहेका चालिसभन्दा बढि केन्द्रीय सदस्य सानेपामा सुरु हुँदै गरेको सस्थापनको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट नेताहरु रामहरि खतिवडा, महालक्ष्मी उपाध्याय डिना, मिन विश्वकर्मा, श्याम घिमिरे, सुरेन्द्र पाण्डे, किशोरसिंह राठौर, नैनसिंह महरसहितका नेताहरुले बैठकमा भाग लिने भएका छन ।
बैठकमा सहभागी हुँदै गरेका नेताहरुले यसअघि सामूहिक रूपमा पार्टी एकताको अपिल गरेको थियो । आज विशेष महाधिवेशनबाट बाहिर रहेका ४० भन्दा बढी केन्द्रीय सानेपा जाने निश्चित भएको नेताहरुको दाबी छ ।
गगनको पछिल्लो निर्णयअनुसार देउवासहित सबै नेताहरुले बैठकमा सहभागी हुन पाउनेछन् ।


