काठमाडौं, १ असोज ।
नेकपा एमालेले ३ असोजमा १२औँ संविधान दिवस भव्यताका साथ मनाउन सबै तल्ला पार्टी कमिटीहरुलाई निर्देशित गरेको छ ।
महासचिव शङ्कर पोखरेलले बिहीबार मातहतका पार्टी कमिटीलाई पत्र लेख्दै विगतका वर्षमा जस्तै यस वर्ष पनि रचनात्मक कार्यक्रम गरेर उत्साहजनक र भव्य रूपमा मनाउन निर्देशन दिएका हुन् ।
‘आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीप प्रज्वलन, बिचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रम गरी संविधान दिवसलाई सफल बनाउन अनुरोध छ’, पोखरेलको पत्रमा भनिएको छ ।


