काठमाडौं, ४ असोज ।
अध्यक्ष हटाएर पार्टी पुनर्गठन गर्ने कि उनको विकल्प नखोजी पार्टीलाई नयाँ तरिकाले पुनर्गठन गर्ने चार महिनादेखिको अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच सुरु भएको नयाँ अन्तरसंघर्ष मध्यमार्गी सहमतिसहित तत्कालका लागि बिन–विनको बाटोबाट समाधान खोजिएको छ ।
पार्टीद्वारा गठित चुनावी समीक्षा र पार्टी पुनर्गठन कार्यदलबाट एकीकृत प्रतिवेदनमा महासचिव पोखरेलले अध्यक्ष ओलीले मार्गप्रशस्त गरेर पार्टी पुनर्गठन गर्नुपर्ने अलग्गै प्रसंगहरु हटाएर राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाउने विषयमा सहमति जुटेको हो ।
यो सहमतिसँगै कार्यदल संयोजक रामबहादुर थापा‘बादल’, र महासचिव पोखरेलको प्रतिवेदनलाई एकीकृत रुपमा तयार पारेका पूर्व उपमहासचिव प्रदिप ज्ञवालीको प्रतिवेदनलाई केन्द्रीय सचिवालय बैठकमार्फत स्वीकार गरिएको छ ।
यससँगै तत्कालका लागि ओली हटाएर पार्टी पुनर्गठन गर्ने पोखरेलको योजनामा तत्कालका लागि बिराम लागे पनि परिषद् बैठकमा पार्टीका नीतिगत मुद्दा र आगामी बाटोबारे छलफल गर्दा पुन परिषद् बैठकमा उठान हुनसक्नेछ । तर, परिषद् बैठकको निर्णय भने केन्द्रीय कमिटीले मात्र गर्नेछ । बैठक सोमबारबाट वुधबारसम्मका लागि डाकिएको छ ।


