काठमाडौं, ६ असोज ।
एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको वैठक नै संचालन गर्न नदिने स्वेच्छाचारी कदमको प्रतिवाद गर्ने भएका छन् ।
केन्द्रीय कमिटीको सोमबारबाट सुरु बैठक नै संचालन गर्न नदिइएपछि राती ओलीलाई गुण्डुस्थित निवासमै भेटेर पोखरेलले पुनर्विचार नगरिए सशक्त र अप्रिय प्रतिवाद हुने चेतावनी दिएका छन् ।
ओलीले बैठक मात्र आफैं संचालन गरेका छैनन्, चुनाव समीक्षा र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन बैठकमा पेश गरेनन । त्यस्तै, बैठकका एजेण्डाबारे पनि उनीसँग कुनै परामर्श गरेका छैनन् । यी सबै विषयमा ओलीसँग कुराकानी गरेर नसच्चिए आजको बैठकमा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।


