काठमाडौं, ११ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले महाधिवेशनलाई सम्पन्न गर्न अध्यक्ष राजेन्द्र लिङदेनको संयोजकत्वमा रहेको मूल आयोजक समितिले तयारीको कामलाई तीब्रता दिइरहेको छ ।
समितिमा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रिय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भ्रातृ संगठनका अध्यक्षहरू सदस्य रहेका छन् ।
तयारीकै सिलसिलामा केन्द्रिय निर्वाचन समितिले प्रस्तुत गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिका बनेर अहिले धमाधम काम भइरहेको छ ।
आगामी ११ देखि ३० कात्तिकसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् । छनोट भएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्नेछ ।


