काठमाडौं, असोज ५
नेपाल सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएर उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणबाट हटाएर प्राधिकरणकै पूर्व उप कार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरेको छ।
