काठमाडौं, असोज ७
प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबिच मंगलबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो।
जेनजी प्रदर्शनपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सेनापति सिग्देलले समन्वय गरेका थिए। जेनजीको माग अनुसार कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
भेटवार्ताको क्रममा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको प्रधानमन्त्री कार्यालयको श्रोतले बताएको छ।
