सर्लाही, असोज २४
सर्लाहीमा पानीमा डुबेर एक युवकको ज्यान गएको छ ।
बलरा नगरपालिका वडा नम्बर १० सुदामाका २८ वर्षीय हरि शङकर चौधरीको शुक्रबार बिहान मनुसमारा नदिमा शव बरामद भएको हो ।
मृतक चौधरीको शव मनुसमारा नदीबाट निकालेर पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल मलङगवा पठाएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राइले बताएका छन ।
