काठमाडौ, असोज २४ गते
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले‘प्रचण्ड’ ले आफूले अब पार्टीको नेतृत्व गर्नैपर्छ भन्ने दबाब नरहेको बताएका छन्।
सम्पादकहरूसँगको कुराकानीमा प्रचण्डले आफ्नो स्वभाव निष्क्रिय भएर बस्ने किसिमको नभएको प्रस्ट्याउँदै, तर पार्टी प्रमुख भइरहनुपर्छ भन्ने सोचमा नरहेको बताए।
उनले भने, मैले इतिहासमा धेरै संघर्ष, आन्दोलन र नेतृत्व गरेका छु। मेरो स्वभावले मलाई चुप लागेर बस्न, जीवनबाट पछि हट्न, र रिटायर्ड हुने जस्ता कुरालाई स्वीकार गर्दैन। न त देशको अहिलेको आवश्यकता नै त्यस्तो छ।
तर उनले थपे, “अब म आफैं अध्यक्ष हुनुपर्छ, प्रमुख पदमै रहनुपर्छ भन्नेमा अडिएको छैन।”
