काठमाडौँ, असोज २४
सुशीला कार्की नेतृत्वको वर्तमान सरकार मुठभेडको बाटोतर्फ अग्रसर भएको नेकपा एमालेले बताएको छ।
भक्तपुरको गुण्डुमा शुक्रबार बसेको सचिवालय बैठकपश्चात् उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो धारणा राखेका हुन्। सरकारले राष्ट्रिय एकताका लागि दलहरूलाई साथमा लिनुपर्नेमा त्यस्तो नगरी निषेधको बाटोतर्फ अघि बढेको उनले बताए ।
सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई अनावश्यक तिक्तता र मुठभेडतिर लैजान उद्धत देखिएको उनको भनाई छ ।
एकातिर प्रहरीलाई कुटीकुटी हत्या गर्ने र हतियार लुट्नेलाई सजिलै छाडिदिने, गृहमन्त्रीको दबाबमा छाड्ने गरेको उनले आरोप लगाए ।
‘शान्तिपूर्ण प्रदर्शन गर्ने दलहरूलाई रोक्ने, नेताहरूलाई स्थान हद रोक्ने कुराहरूले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई मुठभेडतिर लैजान उद्धत रहेको छ,’ उनले भने , ’वर्तमान सरकारले गरेका क्रियाकलापबारे पार्टीमा गम्भीर समीक्षा भएको छ।’
