काठमाडौं, असोज २६
पूर्वसभामुख कृष्णबहादर महरालाई सीआईबीको टोलीले आज पक्राउ गरेको छ। चिनियाँ राहदानी बाहक लि हानसोङले ल्यएको सुटकेशमा ल्याएको सुन छुटाउन महराले भन्सारमा दवाव दिएको आरोप लागेको थियो।
उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरका सुन लुकाएर ल्याइएको थियो ।
१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए ।
त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।यो प्रकरणका उनका छोरा राहलु महरा यसअघि पक्राउ परेर कारागार समेत चलान भएका थिए ।
