काठमाडौं, कात्तिक १३
नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरी दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।
बिहीबार चौधरीसहित उनका सहयोगी नेताहरू एउटै पोशाकमा आयोग पुगेका थिए। उनीहरूले नयाँ दल दर्ताका लागि आवश्यक सबै कागजात आयोगमा पेश गरेका छन् । पार्टीले निर्वाचन चिन्हका रूपमा ‘जाँतो’ माग गरेको बुझिएको छ ।
रेशमसँगै डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन् । अब्दुलसँगै थप पाँच जना केन्द्रीय नेताहरूले असोजको पहिलो साता जनमत पार्टी छाडेका थिए ।
टीकापुर घटनापछि लामो समय भूमिगत रहँदै पनि भारी मतले सांसद निर्वाचित भएका रेशम चौधरी पछिल्ला दिनमा आफ्नी पत्नी र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसँग आन्तरिक विवादमा रहेका थिए । पार्टीभित्रको नेतृत्व संघर्षपछि चौधरीले नयाँ दल गठनको बाटो रोजेका हुन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रेशम चौधरीद्वारा ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता प्रक्रिया सुरु, एउटै पोशाकमा आयोग पुगे नेताहरू
Previous Articleकञ्चनपुरको सर्बदलिय बैठकमा पूर्वमुख्यमन्त्री रावलको आक्रोश
Next Article विप्लव नेतृत्वको नेकपा : अबको नयाँ सोच,जेन–जी निकट
