किरण गौतम
नेपालको राजनीतिक इतिहासमा नेकपा (विप्लव) वा नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले विगत एक दशकमा जनस्तरमा चर्चा र डर दुवै कमाएको छ।
सशस्त्र द्वन्द्वको बाटोबाट मुलधारको राजनीतितर्फ फर्किएको यो पार्टीले अब आफैँलाई पुनः परिभाषित गर्ने महत्त्वपूर्ण मोडमा उभिएको छ।
‘जनयुद्धको नयाँ रूप’ भन्ने नारासहित सुरुवात भएको विप्लव समूहले २०७२ सालपछि सशस्त्र कार्य र भूमिगत राजनीति अघि बढायो। तर २०७७ सालमा सरकारसँग तीन बुँदे सहमति गरेपछि भूमिगत बाटो छाडेर शान्तिपूर्ण राजनीतितर्फ फर्कियो।
तर अहिले पनि पार्टीभित्र पुरानो शैली, कठोर वैचारिक उग्रता र सङ्गठनभित्रको केन्द्रीयतावादले नयाँ पुस्तालाई आकर्षित गर्न सकेन ।
नेपालमा अहिले ९५ भन्दा बढी दर्ता भएका राजनीतिक दल छन्, अब हुने निर्वाचनमा कति दल सहभागी हुने टुङ्गो छैन, २०८० को प्रतिनिधिसभा निर्वाचनमा विप्लव समूहले कुनै पनि सिट जित्न सकेन।
पार्टीलेकरिब १दशमलव २ प्रतिशत मत मात्रै पायो। यसले जनताले पुरानो ‘उग्र परिवर्तन’ होइन, ‘स्थिरता र अवसर’ खोजेको स्पष्ट सङ्केत दिएको छ।
अब विप्लव नेतृत्वले राजनीतिक अस्तित्व बचाउन र देशका युवालाई आकर्षित गर्नतीनवटा आधारभूत परिवर्तन गर्न आवश्यक छ ।
१, विचारमा अद्यावधिकतास् ‘सशस्त्र क्रान्ति’ होइन, ‘सामाजिक रूपान्तरण’ को एजेन्डा अघि ल्याउनुपर्छ।
२, आर्थिक मुद्दा केन्द्रमास्बेरोजगारी, प्रवासन, कृषि पुनर्जीवन, र डिजिटल अर्थतन्त्र जस्ता वास्तविक समस्यालाई प्राथमिकता दिनु जरुरी छ।
३, संवाद र गठबन्धनको बाटोस्अन्य वामपन्थी दलहरूसँग वैचारिक सहमति र नीति–कार्यमा सहकार्य खोज्नु व्यावहारिक हुनेछ।
देशका करिब४० प्रतिशत मतदाता १८ देखि ३५ वर्ष उमेर समूहका छन्, जसलाई अहिले न कुनै पार्टीले प्रेरित गर्न सकेको छ न त स्थायी रोजगार दिन।
जेन जी आन्दोलनको मुख्य माग सुशासन, भस्टाचारको अन्तको लागि विप्लब नेतृत्व अबको आवश्यकता हुन सक्छ,यदि विप्लव नेतृत्वले ‘नयाँ विचार, स्वच्छ छवि र व्यवहारिक योजना’ प्रस्तुत गर्न सके भने, उनले पुनः राजनीतिक बजारमा आफ्नो स्थान बनाउन सक्छन् । जनताले अब भरोसा गर्ने नेता को रूपमा विप्लव स्वयं वाकी छन् ।
देशमा अब हुने चुनावमा स्थायी सरकारको लागि जिम्मेवार नेताको रूपमा विप्लब आफूले स्थापित गर्ने यो महत्त्वपूर्ण समय पनि हो ।
विप्लव स्वयं विचारशील र अध्ययनशील नेता हुन्। तर केवल वैचारिक कठोरताले होइन, व्यवहारिक नेतृत्व, नीति–निर्माणमा नवीन सोच, र सङ्गठनमा लोकतान्त्रिक अभ्यास अपनाएर मात्र उनले आफ्नो दललाई पुनर्जीवित गर्न सक्छन्।
नेपालका जनताले अब ‘नारा होइन, नतिजा’ खोजिरहेका छन्। त्यसैले अब विप्लव नेतृत्वको नेकपाले “नयाँ सोच र कार्यशैलीसहितको नेतृत्व लिनु समयको माग हो।
