काठमाडौं, २६ पुस । २५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी अधिकृत र संचारकर्मीवीच पौष २६ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक काठमाडौंस्थित एपीएफ रंगशालामा सम्पन्न खेलमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले टिमको कप्तानी गरेका थिए भने संचारकर्मीको तर्फबाट नेपाल समाचारपत्र दैनिकका कार्यकारी सम्पादक दिपक रिजालले टिम कप्तानी गरेका थिए । फुटबल प्रतियोगितामा बिशेष गरि सुरक्षा बिटमा कार्यरत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।








तस्वीरः एपीएफ
