काठमाडौं, २९ जेठ ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पाँच ओटा विषयगत उपसिमिति संयोजक चुनेको छ ।
प्रतिष्ठान प्रमुख उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा शुक्रवार बसेको बैठकले पाँच विषयगत उपसमिति संयोजकहरु चुनेको हो ।
जसअनुसार डायस्पोरा डाईलग, उपसमिति, संयोजकमा डा. यादव पण्डित चयन भएका छन् । उपसमितिले नागरिकता, लगानी र मतदानको अधिकार सम्बन्धमा जनसम्पर्क समितिको पदीय संरचना बाहिरको वृहत् विश्व समाजसँग नीति संवाद र समन्वय गर्नेछ ।
त्यस्तै, स्वास्थ्य विमा र सेवामा पहुँच नीतिगत संवाद उपसमिति, संयोजकमा डा. अन्जनीकुमार झा चयन भएका छन् । घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति, संयोजकमा स्वीकृती पौडेल चयन भएकी छिन् ।
त्यस्तै, सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना उपसमिति, संयोजकमा श्रीप्रसाद भलामी र खेलकुद नीति संवाद उपसमिति, संयोजकमा विनोद दास चयन भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा सभापति गगन थापाको प्रमुख आतिथ्यता थियो ।
