काठमाडौं, १ असार ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एमबुद्ध पार्क महानगरपालिकामा हुँदा आफूहरुले सोचे जस्तो बनेको बताउदै यसले स्केटिङ तथा स्केटबोर्डिङ खेललाई उचाईमा पुगाउन मद्धत पुग्ने बताउनु भएको छ ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ को आइतबार उद्घाटन गर्दे उहाँले खुला सार्वजनिक जग्गामा यस्ता स्केटबोर्ड सहितका खेलका लागि खेलमैदमान बनाएर खेलको विकास गर्ने अभियानमा सरकार रहेको पनि चर्चा गर्नुभयो ।
काठमाडौ महानगरपालिकाको वडानम्बर ५ मा हाँडीगाउँ पहेलो पुलनेर बनेको एमबुद्ध पार्कको निर्माणले आफू उत्साहित भएको उल्लेख गर्दे मन्त्री पोखरेलले यो पार्कको सदुपयोग गर्न पनि स्थानीयलाई आग्रह गर्नुभयो ।
प्रतियोगितामा देशभरबाट १५० पुरुष र १०० महिला खेलाडीको सहभागिता रहेको छ । दुईदिने प्रतियोगितामा पहिलो दिन शनिबार छनोट चरणका खेल भएका छन् भने आइतबार दोस्रो दिन उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगितामा स्केटबोर्डिङको ‘फ्रि स्टाइल’ विधामा प्रतिस्पर्धा भइरहेको छ । साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट ट्रिक’ र ‘बेस्ट रन’ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताबाट ‘स्केटबोर्डर अफ द इयर’ समेत घोषणा गरिने आयोजकले जनाएको छ ।
पुरुष तथा महिला सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपियाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै जुनियर पुरुष तथा महिला समूहमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ नगद पुरस्कार पाउनेछन् ।
राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा आयोजना भइसकेका छन् । उद्घाटन कार्यक्रम संघका अध्यक्ष अच्युत खनालको अध्यक्षतामा भएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता मन्त्री पोखरेलद्धारा उद्घाटन
Previous Article‘नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न”
Next Article माफ गर्नुस कमरेड , शंकर पोखरेल लोभी चाहिं हैनन
