काठमाडौं, १४ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका हुन्। प्रधानमन्त्री शाहको अध्यक्षतामा सुरु भएको बैठकमा पछिल्लो समय देशमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल भएको छ।
पछिल्लो समयमा सुनसरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुनसरीसहितका जिल्लामा सामाजिक सद्भाव विथोलिने गतिविधि सुरु भएपछि सरकार दबाबमा परेको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ।
