काठमाडौं, १७ साउन । काठमाडौं मोडेल कलेज बागबजारमा आयोजित ‘साइनो वाङ्मय चौतारी, नेपालको सातौँ वार्षिकोत्सव समारोहको क्रममा विभिन्न साहित्यकारहरुलाई सम्मान गरिएको थियो । त्यसक्रममा तीन साइनो वाचन गर्ने अवसर पनि दिइएको थियो ।
कार्यक्रममा स्रष्टा तोयानाथ चापागाईंको साइनो कविता सङ्ग्रह २४ अक्षरूको लोकार्पण गरिएको थियो । साथै श्रृङ्खला मासिकका सम्पादक प्रवीण जोशी र आशा तिम्सिनालाई सम्मान गरिएको थियो भने सुजिता कडेल र संस्कार श्रेष्ठले साइनो वाङ्मय चौतारीको आजीवन सदस्यता ग्रहण गरिएको थियो ।


