काठमाडौं, १७ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विभाजनको प्रयासबाट टाढा रहेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउने काममा जिम्मेवार भूमिका निर्वाह गर्न देशवासीलाई अपिल गरेकी छिन् ।
नेपाल कम्युनिष्ट पार्टीका पूर्व महासचिव स्वर्गीय तुल्सीलाल अमात्यको स्मृति दिवसका अवसरमा तुल्सीलाल प्रतिष्ठानले आईतबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले त्यस्तो अपिल गरेकी हुन् ।
‘केही दिनयता सुनसरीलगायत पूर्वी तराईका जिल्लामा भएको हिंसा र तनावले सबैको ध्यानाकर्षण गराएको छ । नेपाल बहुजाती, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिकयुक्त विविधताले भरिएको मुलुक हो । आपसी सम्मान, सहिष्णु, सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार हो । आजको संवदेनशील परिस्थितिमा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाईलाई संयमता अपनाउन, अफवाह, घृणा र विभाजनको प्रयासबाट टाढा रहन सँधै राष्टिय एकता, सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउन आ आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गर्दछु ।’ भण्डारीले भनिन् ।
स्वर्गीय अमात्यले कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै नेतृत्वदायी भूमिकामा रहँदै पार्टी निर्माण, किसान आन्दोलन, लोकतान्त्रिक अधिकार, शोषित श्रमजीवी जनताको संघर्ष संगठित गर्न विशेष योगदान पु¥याएको चर्चा गर्दै भण्डारीले उनको त्याग र समर्पण तथा आदर्श मूल्यलाई वतर्मान जीवनमा आत्मसात गर्नुपर्नेमा जोड दिइन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
घृणा फैलाउने कामबाट टाढा रहन पूर्वराष्ट्रपति भण्डारीको अपिल
Previous Articleसाइनो सम्मान जोशी र तिम्सिनालाई
Next Article पेट्रोल र डिजेलमा मुल्यवृद्धि, प्रतिलिटर २ सय
