काठमाडौं, असोज ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घरको अवलोकन गर्दे नयाँ पुस्तालाई संग्राहलय छाडेर जाने सोच रहेको तर खरानी छाडेर जानुपर्ने भएको भन्दै विस्मात गरेकी छिन ।
शाक्यले नयाँ पुस्तालाई यो घर संग्राहलयको रुपमा छोडेर जाने बिचार भए पनि अब खरानी छोडेर जानु परेको भन्दै विस्माद गरेकी हुन् ।
उनले जलेका पुस्तकका खरानीको टिका लगाउँदै आफूले यहाँ पुस्तकहरु जतन गरेर राख्ने गरेको,अध्यक्ष ओलीलाई देश विदेशबाट दिइएका सम्मानपत्र तथा बहुमल्य वश्तुहरु समेत संग्राहलयको रुपमा सजाएर राखिएको बताइन ।
‘मलाई यो घर ब्यवस्थापन मलाई छ महिना लाग्यो ’ उनले भनिन ‘एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मान पत्र तथा मायाको चिनो र अर्को कोठामा चाइना,कम्बोडिया,भारत,भियतनाम,जापान लगायतका देशका प्रधानमन्त्रीहरुले दिएका अमूल्य सामानहरु दराजहरुमा थिए ।’
शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा के के सामानहरु थिए भनेर सम्झना गरिन ।
‘यति मेरो पसिना र श्रम परेको छ नि’ भावुक हुँदै शाक्यले भनिन ‘बालुवाटार हुँदा पनि म साता दश दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें ।’
शाक्यले घर फेरी बनाउन सकिए पनि इतिहास फेरी बनाउन नसकिने बताइन । जेनजी आन्दोलनका अराजक भीडले बालकोट स्थित अध्यक्ष केपी शर्मा ओलीका दुवै घर जलाएको थियो ।
