काठमाडौँ, असोज २४
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको दाबी गरेका छन्।
’कार्कीलाई प्रधानमन्त्री नियुक्तिमा सिफारिस गर्ने उहाँ हो,’ शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ’केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो ।’
ओलीले अहिले यो सरकार हावामा बन्यो भन्न नमिल्ने बताउँदै आफूहरू आफूहरू उक्त प्रक्रियाको साक्षी मात्रै रहेको बताए ।
उनले राष्ट्रिय सङ्कटको अवस्थामा आवश्यकताको सिद्धान्त अनुसार जेनजी युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियामा ओली नै सिफारिसकर्ता रहेको बताएका हुन् ।
