काठमाडौ, कात्तिक २५
करिब एक महिनादेखी लगातार जारी काङ्रेस केन्द्रिय समिती बैठकमा महाधिवेशनमै मथापच्छी चलिरहेको छ ।
बैठक २८ असोजदेखी आजसम्म जारी छ । आगामी २१ फागुनका लागि घोषित चुनावअगावै पुसमा महाधिवेशन गर्ने कि चुनावपछी वैशाखमा गर्ने विषयमा सस्थापन र इतर पक्ष विभाजित छ । आजको बैठकमा १३ जनाले बोलेका छन ।
सस्थापन पक्षका केन्द्रिय सदस्यले चुनावपछि र इतर पक्षले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने अडानसहित धारणा राखिरहेका छन ।
आजको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले धारणा राखेको काङ्ग्रेसको प्रेस नोटमा उल्लेख छ ।
