सिन्धुली । नेकपा (एमाले) संघीय निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. १ को बैठक सिन्धुलीको तीनपाटन चकमकेमा सम्पन्न भएको छ । बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र उम्मेद्बार सिफारिसका विषयमा छलफल गरिएको थियो ।
बैठकले सिन्धुली निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेद्बारका लागि ९ जना कमरेडको नाम नेपाली वर्णानुक्रम अनुसार सिफारिस गर्ने निर्णय गरेको छ ।
सिफारिस हुनेमा केदार प्रसाद देवकोटा, गणेश कुमार पहाडी, डम्बर कार्की, ध्रुव कुमार श्रेष्ठ, नारायण अधिकारी दनुवार, प्रदीप कटुवाल, डा. वसन्त न्यौपाने, सुमित्रा गुरुङ निलिमा र सुवास देवकोटा रहेका छन् ।
बैठकमा सहभागी नेताहरूले पार्टीको नीति, सिद्धान्त र संगठनलाई थप मजबुत बनाउँदै निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, सिफारिसमा परेका सबै कमरेडहरूलाई टिकट प्राप्तिका लागि शुभकामना व्यक्त गर्दै अन्तिम निर्णय पार्टी नेतृत्वले गर्ने जनाइएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै एमाले क्षेत्रीय कमिटीले संगठन विस्तार, जनसम्पर्क र निर्वाचन अभियानलाई तीव्र बनाउने निर्णयसमेत गरेको छ ।
