घनबहादुर थापा
बिहानीले दिनको संकेत दिन्छ भनेझैँ नयाँहरूको संकेत पनि त्यस्तै देखिन्छ । शान्ति र स्थिरताका लागि भन्दा आफ्नै दूनो सोझ्याउनेहरूको बाहुल्यता प्रस्ट देखिन्छ । आफूलाई निस्वार्थी, सादा जीवन उच्च विचारको भन्न रूचाउनेहरू नै सार्वजनिक रूपमा क्यूआर कोड पठाएर आर्थिक सहयोग माग्दै गरेको देख्न सकिन्छ । दान, चन्दा, उपहारका कुरा त सहज नै भइहाले । झट्ट हेर्दा सामान्य भए पनि यिनको असर असामान्य हुन जान्छ । यस्ता गतिविधि र पर्दाभित्र हुने लुटतन्त्र झन् डरलाग्दो छ ।
देशमा दैनिक लुटपाटका घटना सुनिन्छन् । लुटपाटमा संलग्न गरेको अभियोगमा काठमाडौंको मुलपानीमा गोली प्रहार गरी १० लुटेराहरूलाई प्रहरीले पक्राउ गर्यो । लुटेराहरूले नम्बर प्लेटमा हिलो छ्यापेर मोटरसाइकल चलाएका हुन्थे । लुटपाटपछि राइड सेयरिङ गरेर भाग्थे । जसले अनुसन्धानमा खटिएको प्रहरीलाई लुटेरासम्मको पहुँच कठिन थियो । तर पनि प्रहरीको सक्रियता र अनुसन्धानले यस्ता अपराधको पर्दाफास भएकै छ । दैनिकजसो हुने यस्ता लुटपाटका घटनाले मुलुकको सुशासनमा गम्भीर असर पुर्याएको देखिन्छ ।
सामान्यतया यस्ता लुटपाट मात्र होइन छोटो र सरल रूपमा भन्नुपर्दा नेपालमा ‘लुटेरा’ भन्ने शब्दले प्रत्यक्ष डाँका गर्नेभन्दा पनि प्रणाली दुरूपयोग गर्ने समूहलाई जनाउँछ । वास्तवमा सार्वजनिक सम्पती हडप्ने, ठेक्कापट्टामा अनियमितता गर्ने, पदको दुरुपयोग गरी भ्रष्टाचार गर्नेहरू देशका लागि निकै घातक हुन्छन् । सत्ता र लाभका लागि नीति बिगार्ने राजनीतिक स्वार्थी समूह उत्तिकै खतरापूर्ण हुन्छन् । तस्करी, अवैध कारोबार गर्ने अपराधी सञ्जाल झन् ठुला लुटेरा हुन् । अर्कोतर्फ कर छल्ने, प्राकृतिक स्रोत दोहन गर्ने जस्ता दलाल समूह पनि यही लुटेरा वर्गमा पर्दछन् । स-साना लुटपाटका घटनाको चर्चा हुने, अनुसन्धान हुने, अभियुक्त पक्राउ पर्ने गर्दछन् । तर देशलाई रसातलमा पुर्याउने ठुला र रहस्यात्मक घटना अनुसन्धानको छाँयामा पर्ने र कारबाहीबाट टाढा रहेका देखिन्छन् ।
वास्तवमा सार्वजनिक सम्पती हडप्ने, ठेक्कापट्टामा अनियमितता गर्ने, पदको दुरुपयोग गरी भ्रष्टाचार गर्नेहरू देशका लागि निकै घातक हुन्छन् । सत्ता र लाभका लागि नीति बिगार्ने राजनीतिक स्वार्थी समूह उत्तिकै खतरापूर्ण हुन्छन् । तस्करी, अवैध कारोबार गर्ने अपराधी सञ्जाल झन् ठुला लुटेरा हुन् ।
घटना चाहे सानो होस् वा ठुलो, सबै प्रकारका लुटपाट देशका लागि घातक हुन्छन् । यस्तो प्रवृतिले मुलुक, जनता, लोकतन्त्र र प्रगतिलाई गाँजिरहेको छ । राष्ट्रिय स्वाधीनता र सम्प्रभुतालाई गिजाइरहेको छ । नारामा सुशासनयुक्त, भ्रष्टाचारमुक्त नौलो नेपाल, नयाँ नेपाल भन्ने तर व्यवहारमा कसरी देशलाई लुट्न सकिन्छ भन्ने चिन्तनमा डुब्ने अवस्था विगत होस् वा वर्तमान उत्तिकै रूपमा देखिन्छ । मौका पर्नासाथ सत्ता र शक्तिको दुरूपयोग गरी जतिसक्दो राष्ट्रिय सम्पती दोहन गर्ने कुचेष्टाले मुलुकको समृद्धिमा घात गरिरहेको छ । लाज, नैतिकता र मूल्य मान्यता हराएपछि लुट्न सके लुट्को मन्त्रमा लिप्त हुने अवस्था उस्तै टड्कारो देखिन्छ । यसैका लागि हुन सक्छ, जसरी हुन्छ सत्तामा पुग्ने कुर्सीमोह जन्मिने । यही प्रवृत्ति हो प्रगति, विकास, सुशासन र समृद्धिको बाधक पनि ।
शान्ति र स्थिरताका लागि भन्दा आफ्नै दूनो सोझ्याउनेहरूको बाहुल्यता प्रस्ट देखिन्छ । आफूलाई निस्वार्थी, सादा जीवन उच्च विचारको भन्न रूचाउनेहरू नै सार्वजनिक रूपमा क्यूआर कोड पठाएर आर्थिक सहयोग माग्दै गरेको देख्न सकिन्छ ।
मुलुकमा पछिल्लो समय जन्मिँदै गएका नयाँ शक्ति भनिनेहरूलाई पनि यो रोगले छपक्कै छोपेको देखिन्छ । बिहानीले दिनको संकेत दिन्छ भनेझैँ नयाँहरूको संकेत पनि त्यस्तै देखिन्छ । शान्ति र स्थिरताका लागि भन्दा आफ्नै दूनो सोझ्याउनेहरूको बाहुल्यता प्रस्ट देखिन्छ । आफूलाई निस्वार्थी, सादा जीवन उच्च विचारको भन्न रूचाउनेहरू नै सार्वजनिक रूपमा क्यूआर कोड पठाएर आर्थिक सहयोग माग्दै गरेको देख्न सकिन्छ । दान, चन्दा, उपहारका कुरा त सहज नै भइहाले । झट्ट हेर्दा सामान्य भए पनि यिनको असर असामान्य हुन जान्छ । यस्ता गतिविधि र पर्दाभित्र हुने लुटतन्त्र झन् डरलाग्दो छ । यसले प्रमाणित गराउँछ कि समाजको एउटा वर्ग धनको पासोमा पर्दै गएको छ । यसले गम्भीर प्रश्न उब्जाएको छ । यस्तो जञ्जालबाट देशलाई कसरी बचाउने ? सरोकारवाला निकाय सजग र सतर्क हुनु आवश्यक छ ।
आफूलाई निस्वार्थी, सादा जीवन उच्च विचारको भन्न रूचाउनेहरू नै सार्वजनिक रूपमा क्यूआर कोड पठाएर आर्थिक सहयोग माग्दै गरेको देख्न सकिन्छ । दान, चन्दा, उपहारका कुरा त सहज नै भइहाले । झट्ट हेर्दा सामान्य भए पनि यिनको असर असामान्य हुन जान्छ । यस्ता गतिविधि र पर्दाभित्र हुने लुटतन्त्र झन् डरलाग्दो छ ।
पछिल्लो पुस्तालाई हेर्ने हो भने केही आशाका विम्ब देखिएका छन् । राष्ट्रियता र प्रगतिका रेखा कोरिन सक्ने आधार तय हुने सम्भावना देखिन्छ । व्यक्ति नयाँ होऊन वा पुराना, राजनीतिक दल नयाँ होऊन् वा पुराना, सबैमा नयाँ पालुवा पलाउने संकेत देखिन्छ । परिवर्तनको लहरलाई आत्मसात गरेर अगाडि बढ्न प्रतिवद्ध भएको देखिन्छ । तर कहिलेकाहीँ प्रश्न गर्न वा आशंका गर्न मन लाग्छ यी सबै देखाउने दाँत मात्र त हैनन् ? किन कि राजनीति, कर्मचारीतन्त्र, नागरिक जताततै नाटक नै नाटक मञ्चन भइरहेको देखिन्छ । सबैलाई भाइरल हुने रोग लागेको छ । यही भाइरल हुने लालसामा आफ्नो धोती खुस्केको थाहा नै पाउँदैनन् । तर सबै नाटक एकनाश हुँदैनन् । कतिपय नाटक राम्रा पनि छन्, राम्रो मञ्चन गरेर राम्रो परिणाम आए त साधुवाद पनि दिनैपर्ने हुन्छ ।
कहिलेकाहीँ प्रश्न गर्न वा आशंका गर्न मन लाग्छ यी सबै देखाउने दाँत मात्र त हैनन् ? किन कि राजनीति, कर्मचारीतन्त्र, नागरिक जताततै नाटक नै नाटक मञ्चन भइरहेको देखिन्छ । सबैलाई भाइरल हुने रोग लागेको छ । यही भाइरल हुने लालसामा आफ्नो धोती खुस्केको थाहा नै पाउँदैनन् । तर सबै नाटक एकनाश हुँदैनन् ।
समयको पदचाप र व्यक्तिको नैतिकहीन आवरणसँगै अनियमितताका काण्डहरू दोहोरिने गरेका छन् । पारदर्शिता र जवाफदेहिता ओझेलमा परेको आभाष हुन्छ । एक पक्षले अर्को पक्षलाई खुइलाउने क्रम जारी छ । ध्वंश र उत्तेजनाले मुलुक आक्रान्त छ । आफूले गरेको राम्रो र अरूले गरेको नराम्रो भन्ने भाष्य निर्माण गरिएको छ । आपसी विरोधका स्वर समाजमा प्रदूषण गराउने गरी गुञ्जिने गरेका छन् । छोटकरीमा भन्नुपर्दा कुनै न कुनै बहानामा फरक नाम र भेषमा देशलाई लुट्ने काम वर्षौदेखि भइरहेको छ र आगामी दिनमा पनि निरन्तरता पाउने आशंका छ । यो प्रवृत्ति पनि अहिलेको मुख्य चुनौती मान्न सकिन्छ ।
आपसी विरोधका स्वर समाजमा प्रदूषण गराउने गरी गुञ्जिने गरेका छन् । छोटकरीमा भन्नुपर्दा कुनै न कुनै बहानामा फरक नाम र भेषमा देशलाई लुट्ने काम वर्षौदेखि भइरहेको छ र आगामी दिनमा पनि निरन्तरता पाउने आशंका छ ।
सङ्क्षेपमा, अहिले मुलुकलाई सम्हाल्ने नैतिकवान, स्वच्छ, निस्वार्थी, राष्ट्रहितको पक्षधर सशक्त शक्ति चाहिएको छ । यस्ता गलत प्रवृत्ति र देशलाई सुशासनको गोरेटोबाट उल्टो बाटो हिँडाउने तत्वविरूद्ध कडा कानुन र निष्पक्ष कार्यान्वयनको आवश्यकता छ । खुला बजेट र अनुगमनलाई कडाइका साथ लागू गरी पारदर्शिता र जवाफदेहिताको वातावरण मिलाउनु जरूरी छ । सजग नागरिक र स्वतन्त्र सञ्चारमाध्यमको संयोजनबाट बेथिति विसङ्गतिलाई निरूत्साहित गर्नुपर्नेछ । नैतिक शिक्षा र संस्थागत सुधार गरी समाजमा सकारात्मक असर पार्नुपर्नेछ र सुशासनको आधार बनाउनुपर्नेछ । समग्रमा बलियो कानुन, सचेत जनता, पारदर्शी प्रणाली नै लुटतन्त्रको जगजगीबाट मुलुक जोगाउने र सुशासन कायम गर्ने सबैभन्दा प्रभावकारी उपाय हुन सक्छ ।
साहित्यकार घन थापालाई ‘अफरोड’ स्तम्भमार्फत हरेक शनिवार नेपाल चर्चामा भेटघाट हुनेछ ।
