हामीलाई थाहै छ नेपालमा प्रायः शिक्षकहरूले जागिर र सेवा सुविधाप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेको पाइँदैन । सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूले निजामती वा अन्य सेवा प्रवेश पाइएन भने मात्र शिक्षक हुने धारणा राख्ने गरेको देखिएकै, सुनिएकै हो । कलिला बालबालिकालाई राम्रो शिक्षा-दिक्षा दिएर उनीहरूको भविष्य उज्ज्वल बनाउने सबैभन्दा राम्रो जिम्मेवारी बोक्ने पेशा भएर पनि ‘सबैभन्दा हेपिएको जागिर’ भन्ने भाष्य कसरी निर्माण भयो ?
चैत १८ गते सामाजिक सञ्जालमा एउटा विज्ञप्ति भाइरल भयो । लेखिएको थियो, ‘शैक्षिक संस्थाहरूको साप्ताहिक विदा सम्बन्धी जरूरी सूचना’ । सूचनामा शिक्षकको कामको प्रशंसा गर्दै शैक्षिक संस्थामा अबदेखि ‘हप्तामा दुई दिन विदा दिने’ उल्लेख थियो । सूचना शेयर गर्दै मैले एक जना परिचित शिक्षकलाई ‘बधाई’ दिएँ । तर उहाँले भन्नुभयो, ‘शिक्षकहरूलाई यस्तो सुविधा दिइँदैन ।’ केही कुराकानीपछि मैले ‘कसैले अप्रिलफुल भन्दै यस्तो सूचना जारी गरेछ’ भनेर साँचो कुरा भनिदिएँ ।
प्रसङ्ग अप्रिलफुलको भए पनि यहाँ उल्लेख गर्न खोजेको विषय गम्भीर छ । हामीलाई थाहै छ नेपालमा प्रायः शिक्षकहरूले जागिर र सेवा सुविधाप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेको पाइँदैन । सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूले निजामती वा अन्य सेवा प्रवेश पाइएन भने मात्र शिक्षक हुने धारणा राख्ने गरेको देखिएकै, सुनिएकै हो । कलिला बालबालिकालाई राम्रो शिक्षा-दिक्षा दिएर उनीहरूको भविष्य उज्ज्वल बनाउने सबैभन्दा राम्रो जिम्मेवारी बोक्ने पेशा भएर पनि ‘सबैभन्दा हेपिएको जागिर’ भन्ने भाष्य कसरी निर्माण भयो ? यसै विषयलाई पुष्टि गर्ने एउटा तथ्य हो, विगतको शिक्षक आन्दोलन । त्यस आन्दोलनमा शिक्षकले धेरै सान्दर्भिक आवाज उठाए । सरकार र आन्दोलनकारीबीच पटक-पटक सहमती पनि भए तर त्यसको कार्यान्वयन हुन सकेन ।
नेपालको वर्तमान शिक्षा प्रणाली मिश्रित अवस्थामा छ । शिक्षा क्षेत्रमा शिक्षक, विद्यार्थी र अभिभावकका निम्ति केही राम्रा पक्ष भए पनि चुनौतीका चाङ पनि उत्तिकै छन् । शिक्षाको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ । पढाइ धेरैजसो रटाइमा आधारित छ भन्दै आलोचना सुनिन्छ । व्यवहारिक ज्ञान कमी हुने अभ्यास छ भनिन्छ । सरकारी र निजी विद्यालयबीच अन्तरको खाडल गहिरो छ ।
शिक्षा भनेको ज्ञान, सीप, मूल्य र व्यवहार सिक्ने र सिकाउने प्रक्रिया हो । यसले मानिसलाई सोच्न, बुझ्न, निर्णय गर्न र समाजमा राम्रोसँग बाँच्न सक्षम बनाउँछ । ज्ञान प्राप्त गर्न पढाइ, लेखाइ, जानकारी जरूरी छ र त्यो शिक्षकले नै बाँड्ने गर्दछन् । सीप विकास गर्न काम गर्ने क्षमता र समस्या समाधान गर्ने उपाय शिक्षकबाट मात्रै सिक्न सकिन्छ । चरित्र निर्माण गर्न चाहिने अनुशासन, नैतिकता, दृढता र जिम्मेवारी शिक्षककै छहारीबाट बुझ्न सम्भव छ । यी सबै कुरा विद्यालय, कलेजजस्ता औपचारिक शिक्षा आर्जन केन्द्रबाट नै प्राप्त हुन्छ । मानिसलाई सक्षम, सभ्य र जिम्मेवार बनाउने प्रक्रिया शिक्षा नै हो । यो सिकाउने प्रमुख व्यक्ति शिक्षक नै हो ।
यी सबैको सफल कार्यान्वयन गराउन सुदृढ शिक्षा प्रणाली चाहिन्छ । तर नेपालको वर्तमान शिक्षा प्रणाली मिश्रित अवस्थामा छ । शिक्षा क्षेत्रमा शिक्षक, विद्यार्थी र अभिभावकका निम्ति केही राम्रा पक्ष भए पनि चुनौतीका चाङ पनि उत्तिकै छन् । शिक्षाको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ । पढाइ धेरैजसो रटाइमा आधारित छ भन्दै आलोचना सुनिन्छ । व्यवहारिक ज्ञान कमी हुने अभ्यास छ भनिन्छ । सरकारी र निजी विद्यालयबीच अन्तरको खाडल गहिरो छ । निजी विद्यालयमा सुविधा राम्रो भए पनि सबैका लागि पहुँच छैन । रोजगारीसँग सम्बन्ध कमजोर देखिन्छ । पढाइ सकेपछि पनि धेरैले रोजगारी पाउन गाह्रो देखिन्छ र पाइहाले योग्यता अनुसारको धेरै कम संख्याले मात्र प्राप्त गरेका छन् । शिक्षक तालिम र स्रोतको कमी खासगरी ग्रामीण क्षेत्रमा अझै समस्याको रूपमा बढिरहेको देखिन्छ । प्रविधिको सीमित प्रयोगको साथै आधुनिक शिक्षण विधि सबै ठाउँमा लागू भएको अवस्था छैन ।
नेपालमा यिनै चुनौतीले शिक्षाको गुणस्तरमा असर पुर्याएको हुन सक्छ । उता दक्ष मानिसहरू शिक्षण पेसामा जान खासै इच्छुक नदेखिनुको पछाडि केही मुख्य कारणहरू छन् । कम तलब र सुविधा, सामाजिक प्रतिष्ठा घट्दै जानु, कामको बोझ र दबाब, करियर विकासका अवसर सीमित, राजनीतिक हस्तक्षेप, स्रोत र सुविधा अभावको साथै अन्यत्र वैकल्पिक अवसरहरू बढ्दै जानु केही महत्त्वपूर्ण कारण हुन् । त्यसैले शिक्षण पेशा आफैंमा सम्मानित र महत्वपूर्ण भए पनि आर्थिक, सामाजिक र संरचनात्मक समस्याहरूका कारण यसको आकर्षण घटेको देखिन्छ । यस्तो अवस्थामा के अब पनि सरकारले शिक्षकसँग सम्झौता गरेर कार्यान्वयन नगरी निस्कृय होलान् कि ? के बृज कोर्ष बन्द गर्ने निर्णय गर्ने तर कार्यान्वयन नगर्ने जस्तै अन्य निर्णय गरी भ्रममै राखिएला ? कक्षा पाँचसम्म परीक्षा नलिने निर्णयले कस्तो असर देखाउला ? अबका निर्णय पनि अप्रिलफुल जस्तै बन्लान् कि ठोस काम होला ? प्रश्न गम्भीर छन् ।
निजी विद्यालयमा सुविधा राम्रो भए पनि सबैका लागि पहुँच छैन । रोजगारीसँग सम्बन्ध कमजोर देखिन्छ । पढाइ सकेपछि पनि धेरैले रोजगारी पाउन गाह्रो देखिन्छ र पाइहाले योग्यता अनुसारको धेरै कम संख्याले मात्र प्राप्त गरेका छन् । शिक्षक तालिम र स्रोतको कमी खासगरी ग्रामीण क्षेत्रमा अझै समस्याको रूपमा बढिरहेको देखिन्छ । प्रविधिको सीमित प्रयोगको साथै आधुनिक शिक्षण विधि सबै ठाउँमा लागू भएको अवस्था छैन ।
सङ्क्षेपमा, नेपालको शिक्षा प्रणाली सुधारको बाटोमा भए पनि अझै गुणस्तर, व्यवहारिकता र समान पहुँचमा ध्यान दिनु आवश्यक छ । विगतका शिक्षक आन्दोलनमा व्यवस्थापान, सेवा सुविधा र वृत्ति विकासका कुरा उठेका थिए । त्यसैले शिक्षण पद्दतीलाई माथि उठाउन शिक्षकको तलब र सुविधा प्राथमिकता दिनुपर्छ । शिक्षकलाई सम्मान बढाउनुपर्छ । समाज र नीतिमा प्राथमिकता, व्यवहारिक शिक्षामा जोड दिँदै रटाइभन्दा सीपमा शिक्षा केन्द्रित गर्ने, शिक्षकको क्षमता अभिवृद्धि गर्न नियमित तालिम प्रदान गर्ने, राजनीतिक हस्तक्षेप घटाउदै पारदर्शी नियुक्ति प्रणाली लागू गर्नुपर्ने देखिन्छ । यसैगरी प्रविधिको प्रयोग बढाएर डिजिटल शिक्षणलाई प्रोत्साहन दिने र ग्रामीण क्षेत्रमा सुविधा सुधार गर्दै समान अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । प्रस्ट भन्नुपर्दा शिक्षकलाई सक्षम, सम्मानित र सुरक्षित बनाउने नयाँ नीति ल्याउन र उचित कार्यान्वयन गर्न नयाँ सरकारले ढिलाई गर्नु हुँदैन । अनि मात्र शिक्षक पेसामा छाडेको मान्छे आउने कि छानेको ? भन्ने प्रश्नको उत्तर आफै निस्किन्छ ।
लेखक,साहित्यकार घनबहादुर थापालाई ‘अफरोड’ स्तम्भमार्फत हरेक शनिवार नेपाल चर्चामा भेटघाट हुनेछ ।
