२०७९ पुस महिना तपाईको भाग्य

२०७९ पुस महिना तपाईको भाग्य


२०७९ पुस महिना तपाईको भाग्य

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – पुस महिना पैत्रिक सम्पत्तिबाट लाभ हुनेछ । स्वास्थ्यमा अलि खराब हुनेछ । डर त्रास मनमा उत्पन्न बढने छ ।

शरीरमा आलस्यता पन आउने छ । रिस राग बढने देखीन्छ । सेना पुलिस सम्बन्धी कार्य गर्नेलाई सावधानी रहनु पर्नेछ । मेसिनरी काम गर्नेलाई सावधानी अपनाउनु पर्नेछ । मनमा पित्त बढने छ ।

विद्यार्थी बर्गमा लाभ हुनेछ । महिनाको मध्यपछि राम्रो हुनेछ । राज्यपक्षवाट लाभ हुनेछ । 

कुलकुटुम्बबाट साथ सहयोग मिल्नेछ । साझेदारी कामबाट फाईदा हुनेछ । बस्त्र, आभूषण सम्बन्धी काम गर्नेलाई राम्रो हुनेछ । बिरोधी पक्षवाट कष्ट हुनेछ । राजनीतिक क्षेत्रमा रुची बढने छ । सरकारी पदमा रहनेलाई लाभ हुनेछ ।

खराब कार्यमा मन लाग्नेछ । सकारात्मक काम गर्दा लाभ हुनेछ । उपकरण सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । अग्रजहरुको सम्मान

गर्न जान्नु पर्नेछ । सेयर कारोवारमा लाभ हुनेछ । प्रेममा मनमुटाब बढने छ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – पुस महिना कार्यमा धमिलो पन आउने छ । डाक्टर सम्बन्धी कार्य गर्ने सावधानी रहनु पर्नेछ ।

सूर्य भगवानको आराधना गर्नु पर्नेछ । महिनाको मध्यपछि आर्थिक नोक्सान हुनेछ । यन्त्र, मेसीनरी सम्बन्धी कार्य गर्नेलाई अलि नोक्सान हुनेछ । विपरीत राजयोग भएको कारण पिपत्ति आउन सक्नेछ ।

वैदेशिक कार्यवाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा रहनेले सावधानी अपनाउनु पर्नेछ ।

साझेदारी कार्यमा लाभ हुनेछ । कार्यक्षेत्रवाट लाभ हुनेछ । विपरीत लिङ्गबाट लाभ हुनेछ । आर्थिक अवस्था मजवुत हुनेछ । सेना, पुलिस, धार्मिक क्षेत्र, मेसिनरी सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । पेट, छाला, सम्बन्धी रोगमा समाधान हुनेछ ।

विपरीत लिङ्गको माध्यमबाट धन हानी हुनेछ । भूमि, बाहन सम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्नेछ । विद्युतीय उपकरण सम्बन्धी कार्य गर्नेले सावधानी रहनु पर्नेछ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)राशी  – पौष महिना सरकारी कार्यमा लाग्नेलाई सामान्य रहेको छ । तेल, ग्यास, धातु सम्बन्धी कार्य गर्ने सावधानी अपनाउनु पर्नेछ ।

महिनाको मध्यपछि आर्थिक लाभ हुनेछ । मातृ स्वास्थ्यमा अलि सावधानी अपनाउनु पर्नेछ । शारीरिक पिडा हटेर जानेछ ।

प्रेस, लेखन कार्य गर्नेलाई महिनाको मध्यपछि राम्रो हुनेछ । वैदेशीक कार्य गर्नेलाई अलि नोक्सान हुनेछ । विद्यार्थी बर्ग अलि बढी सावधानी अपनाउनु पर्नेछ । भोगविलास, राजनीतिक, कला, संगित सम्बन्धी कार्य गर्ने गर्नेलाई अलि नोक्सान हुनेछ । 

सुख शान्ति बृद्धि हुनेछ । विरोधी पक्ष परास्त हुनेछन् । दाजुभाईको कार्यमा समय जानेछ । सेना, पुलिस, धार्मिक, मेसिनरी, आगो सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । पराक्रम बढने देखिन्छ ।

रक्तसञ्चार सम्बन्धी समस्या आउन सक्नेछ । आट, हिम्मत, पराक्रम बढने छ । साझेदारी कार्यबाट लाभ हुनेछ । दाजुभाईबाट साथ मिल्नेछ । यात्रामा अलि कष्टका साथैं धन हानी हुनेछ ।
कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – पुस महिना सियर कारोबार आइतवार गर्दा राम्रो हुनेछ । खानपिनमा अलि ध्यान दिनु पर्दछ ।

वुवाको साथ सहयोगबाट अलि बढदा राम्रो हुनेछ । प्रेम तथा दामपत्य जीवन अलि खटपट हुनेछ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता हुनेछ । विपरित लिङ्गवाट अलि सावधान रहनु पर्नेछ ।

गणेश भगवान वा हनुमानको आराधना गर्दा शुभ रहनेछ । 

राज्यवाट लाभ प्राप्त हुनेछ । विरोधी पक्ष परास्त हुनेछन् । जागिर, पेशा सरुवा वढुवामा राम्रो रहेछ । बिदेश यात्रा हुनेछ । सेना, पुलिस, माटो, औषधी, होटल, डाक्टर सम्बन्धी पेशा गर्नेलाई राम्रो रहेको छ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – पुस महिना महिनाको मध्यपछि विपरीत लिङ्गवाट अलि घाटा रहेको छ । छिटो निर्णय गर्दा केही अप्ठारो पर्न सक्नेछ भने अहंकारी बढने देखिन्छ ।

धैर्यता अपनाउनु पर्नेछ । राज्यवाट लाभ हुनेछ । घर जग्गा सम्बन्धी काम कारोबारवाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा अलि लाभ हुनेछ । राज्यसंयन्त्रवाट लाभ हुनेछ । 
शुभ फलदायी महिना रहेको छ ।

संन्तानबाट सुख प्राप्त हुनेछ । संन्तान सित मतभेद रहन सक्नेछ । ज्ञान, विद्यामा मन लाग्ने छ । प्रेममा सफलता हात पर्नेछ । विद्यार्थी बर्गमा अध्ययनमा सफलता रहनेछ । विपरीत लिङ्गवाट लाभ हुनेछ ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – पुस महिना घर जग्गा किन्ने समय रहेको छ । अलि धार्मिक कुरामा ध्यान दिने विष्णु भगवानको आराधना गर्दा लाभ हुनेछ । लामो तथा छोटो दुरीका यात्रामा अलि नोक्सान रहेको छ ।

मिहिनेती अलि बढी गर्नु पर्ने अवस्था आउनेछ । राज्य संयन्त्रवाट अलि लाभ हनेछ । शारीरिक तथा राज्यसत्तावाट लाभ हुनेछ । 
फलदायी महिना रहेको छ ।

राज्यबाट लाभ हुनेछ । विद्यार्थी बर्गका लागि शुभ दायक समय रहेको छ । सरकारी जागिरवाट लाभ रहेको छ । निजि क्षेत्रमा रहनेहरुका लागि लाभ रहेको छ । भौतिक सामाग्री सम्बन्धी बिषय बस्तुमा धन खर्च बढने दखीन्छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – पुस महिना आमाको साथ सहयोग हुनेछ भने स्वाथ्यमा अलि सुधार हुनेछ । बौद्धिक कार्यमा मन लाग्नेछ । व्यापारी बर्गका लागि अलि संघर्ष गर्नु पर्नेछ ।

कुनै कार्य गर्दा अलि सावधानी अपनाउनु पर्नेछ । मंगल ग्रहको कारण अलि धन नोक्सान हुन सक्नेछ । मुद्धा, मामिला बढन सक्नेछ । ठूलठूला समस्या आउन सक्नेछ । आम्दामीमा पनि अनेक उटाब चढाब आउन सक्नेछ ।

सरकारी निकायवाट अलि आरोप लाग्न सक्नेछ । स्त्रीवाट अलि नोक्सान बढन सक्नेछ । 

अलि मिश्रित समय रहेको छ । कडा मिहिनेत गर्नु पर्ने दिन रहेको छ । लामा तथा छोटा दुरीको यात्रा हुनेछ ।

साथिभाईको साथ सहयोग मिल्नेछ । सरकारी लाभ हुनेछ ।

साना साना काममा धेरै मिहिनेत गर्नुपर्ने अवस्था रहेको छ । श्रृङ्गारिक, भौतिक सामाग्रीमा अलि बढी खर्च हुनेछ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – पुस महिनामा महिनाको मध्यपछि शुक्र ग्रहको कारण बढी मिहिनेत गर्नुपर्नेछ । स्त्रीवाट अलि सावधानी अपनाउनु पर्नेछ । मंगल ग्रहका कारण पारिवारिक कलह बढन सक्नेछन् ।

आगो सम्बन्धी, विद्युत सम्बन्धी काम कारोबार गर्नेलाई लाभ हुनेछ । नेतृत्व दायी भूमिका रहनेछ । शिघ्र निर्णय गर्दा केही अप्ठारो हुन सक्नेछ । सावधानी अपनाउनु पर्नेछ । घमण्ड पन बढने देखिन्छ ।

राजनीतिक सरकारी क्षेत्रमा रहनेलाई बिशेष लाभ हुनेछ । चारित्रीक दोषका आरोप खेप्न पर्नेछ । 

धन प्राप्तीको लागि शुभ महिना रहेको छ । राज्यवाट धन लाभ हुनेछ । व्यापारमा लाभ हुनेछ । विदेश र ब्यापारवाट लाभ रहेको छ । बोलीमा अलि कठोर पन आउन सक्नेछ । आफन्त ईष्टमित्रवाट साथ सहयोग मिल्नेछ ।

राजनीतिक क्षेत्रमा रहनेहरुका लागि मधुर सम्बन्ध रहने छ । कार्य क्षेमताबाट पनि लाभ रहनेछ । व्यापारी क्षेत्रमा रहनेहरुका लागि लाभ रहनेछ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – पुस महिना महिनाको मध्यपछि धन प्राप्त भएको हुदा रिऋ समेत लाग्नेछ । बोलीमा प्रभावकारिता हुनेछ ।

आँखामा समस्या हुनेछ । पैत्रिक सम्पतिमा समस्या आउनेछ । संन्तान पक्षवाट मतभेद रहनेछ ।

बौद्धिक कार्यमा मन लाग्नेछ । प्रतिस्पर्धा कार्यमा सफलता हुनेछ । मुद्धा मामिलामा सफलता प्राप्त हुनेछ । दुर्घटना अप्रेसन समेत हुने ग्रह छ ।  

फलदायी समय रहेको छ । सरकारी जागिर वा नीजि क्षेत्रको जागिर मिल्ने छ । राजनीतिकमा रहेकालाई शुभ रहेको छ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता हुनेछ । कला संगित नित्य पत्रकार पर्यटन व्यापार सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । बौद्धिक क्षमता बढने छ ।

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – पुस  महिनामा राजनीतिकमा रहेकालाई अपमान व्यहोर्नु पर्नेछ ।

भौतिक सुखमा अलि चारित्रिक दोष समेत लाग्न सक्नेछ । व्यापारमा अलि हानी हुन सक्नेछ । ठूला कारोबार नगर्दा उत्तम रहनेछ । स्त्री पक्ष्यवाट गरेका कार्यवाट लाभ हुनेछ ।
बौद्धिक कार्यमा मन चन्चल हुनुका साथैं हानी हुनेछ ।

संन्तानबाट मतभेद हुनेछ । विद्यार्थी वर्गमा हानी हुनेछ । चोटपटकको सम्भावना वढेको छ । सरकारी जागिरवाट अपमान व्यहोर्न पर्नेछ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – पुस महिनाको राज्य संयन्त्रका उपभोग हुनेछ । स्त्रिहरुवाट लाभ हुनेछ ।

सरकारी पक्ष्यवाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा रहेकालाई लाभ हुनेछ । कला क्षेत्रमा रहेका लाई लाभ हुनेछ ।
विद्यार्थी वर्गका लागि लाभ हुनेछ ।

व्यापारमा लागेकालाई लाभ हुनेछ । महिनाको मध्यतिर स्त्रीवाट गरेका कारोबारमा अलि नोक्सान हुनेछ । स्वास्थ्यमा पेट सम्बन्धी समस्या हुनेछ । 

घर जग्गाको कारोबारवाट लाभ हुनेछ । अकस्मात घर जग्गा किन्न पर्नेछ । रिऋ समेत लाग्नुका साथैं लाभ हुनेछ ।

दामपत्य जीवनमा मतभेद रहनेछ । मित्रजनवाट विवाद हुनेछ । सामाग्री हराउने समय रहेको छ । सरकारी जागिर प्राप्त हुनेछ । मिहिनेतको फल प्राप्त हुनेछ । 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – पुस  महिनाको मान प्रतिष्ठा प्राप्त हुनेछ । प्राईभेट जागिर गर्नेलाई पनि लाभ हुनेछ । व्यापारीका लागि पनि लाभ दायक समय रहनेछ । कला संगित, खेल पर्यटन क्षेत्रमा रहनेका लागि लाभ हुनेछ ।

स्त्री पक्ष्यवाट लाभ हुनेछ । महिनाको मध्यपछि हरेक क्षेत्रमा लाभ हुनेछ । 

पराक्रम पढाउने छ । मिहिनेतको लाभ प्रात हुनेछ ।यात्राको अवसर प्राप्त हुनेछ । भाई बहिनीको साथ सहयोग प्राप्त हुनेछ । रोग  शोक लाग्न सक्नेछ यात्राको सन्दर्भमा । चोटपटक लाग्न सक्नेछ ।

वुवा र गुरु वर्गवाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा लाभ हुनेछ । ठूला ठूला ब्यक्तिका लागि लाभ हुनेछ । 

रुद्री जुर्नेदिनहरुः–१,६,१०,१३,१४,१६,१९,२०,२१,२३,२७,२८ र २९
अग्नि जुर्नेदिनहरुः–२,३,७,१०,१२,१३,१५,१७,१९,२१,२३,२४,२५,२७ र २९ गते
पौष १ गते शुक्रवार, पौष संक्रान्ति ।
पौष २४ गते ज्योतिष परिषद् स्थापना दिवस
पौष २७ गते पृथ्वीजयन्ती, राष्ट्रिय एकता दिवस


ॐ नमोः भगवते बासुदेवाय नमः

चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७


प्रकाशित मिति: बिहिबार, २९ मंसिर, २०७९, २१:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९