रसुवा, असोज २१
लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् ।
पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो ।
सबैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । लाङ्टाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसरायको रौनकसँगै दसैँ मेलामा काठेपिङ चढ्नेको घुइँचो
