चुनावी वातावरणलाई समग्रमा हेर्दा नेपाली समाज दुई दिशाको बीचमा उभिएको जस्तो देखिन्छ । एकातर्फ व्यक्तिवाद बढ्दै गएको छ, राजनीति अत्यधिक विभाजनकारी बन्दै गएको छ । सामाजिक सञ्जालले भ्रम, झुट समाचार र आवेगलाई तीव्र रूपमा फैलाइरहेको देखिन्छ । तथ्य पुष्टि नभएका सूचनाहरूका आधारमा अशिष्ट भाषा प्रयोग हुने क्रम पनि बढ्दो छ । यसले नैतिकता र सामूहिक जिम्मेवारी कमजोर हुँदै गएको आभास दिन्छ ।
जेन-जी आन्दोलनपछि हाम्रो समाज कता जाँदैछ भन्ने प्रश्न आज गम्भीर रूपमा उठ्न थालेको छ । यो प्रश्नले हामी सबैलाई आत्मपरीक्षण गर्न बाध्य बनाएको छ । अहिले नेपाली समाजको नैतिक, सामाजिक र मानवीय अवस्थाबारे धेरै नागरिकको मनमा गहिरो चिन्ता पैदा भएको देखिन्छ । यस्तो चिन्ता आज धेरैले अनुभूति गरिरहेका छन् भन्दा अतिशयोक्ति नहोला ।
यसैबीच आम निर्वाचन सम्पन्न भयो । निर्वाचनअघि शान्ति सुरक्षाबारे व्यापक चिन्ता व्यक्त गरिएको थियो, तर आशंका गरिएजस्तो अशान्ति भएन । यसलाई हाम्रो राजनीतिक संस्कार केही हदसम्म सुध्रिएको संकेतका रूपमा लिन सकिन्छ । तर, चुनावी माहोल पूर्ण रूपमा सभ्य भने देखिएन । कसैले एकअर्कालाई ‘झोले’ भन्दै अपमान गरे, कसैले ‘घण्टे’ भनेर होच्याए । निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिन्हलाई नै भौतिक रूपमा बोकेर हिँड्ने र त्यसैलाई प्रचारको केन्द्र बनाउने प्रवृत्तिसमेत देखियो । दलहरूले आफ्नो नीति, कार्यक्रम र दृष्टिकोण प्रस्तुत गर्नुको सट्टा अरूको आलोचना र आरोपमा बढी समय खर्च गरे । यस्तो प्रवृत्ति कुनै एक दलमा मात्र सीमित रहेन, कम-बेसी सबैमा देखियो । यसले हाम्रो राजनीतिक संस्कार र सामाजिक नैतिकतामाथि प्रश्न उठाउने अवस्था सिर्जना गर्यो ।
आज नेपाली समाजमा राजनीतिक ध्रुवीकरण निकै तीव्र भएको छ । पार्टी, विचारधारा र नेताको नाममा समाज विभाजित हुन थालेपछि सामूहिक सोच कमजोर हुन्छ । सामाजिक सञ्जालमार्फत फेक सूचना तीव्र रूपमा फैलिरहेको छ । आज मानिससँग सूचनाको अभाव छैन, तर सही सूचना छान्ने विवेकको प्रयोग भने कम देखिन्छ । परिणामस्वरूप भ्रम र घृणाको वातावरण बढ्दै गएको छ ।
चुनावी वातावरणलाई समग्रमा हेर्दा नेपाली समाज दुई दिशाको बीचमा उभिएको जस्तो देखिन्छ । एकातर्फ व्यक्तिवाद बढ्दै गएको छ, राजनीति अत्यधिक विभाजनकारी बन्दै गएको छ । सामाजिक सञ्जालले भ्रम, झुट समाचार र आवेगलाई तीव्र रूपमा फैलाइरहेको देखिन्छ । तथ्य पुष्टि नभएका सूचनाहरूका आधारमा अशिष्ट भाषा प्रयोग हुने क्रम पनि बढ्दो छ । यसले नैतिकता र सामूहिक जिम्मेवारी कमजोर हुँदै गएको आभास दिन्छ ।
तर अर्कोतर्फ सकारात्मक संकेतहरू पनि देखिन्छन् । समयानुकूल शिक्षा र चेतना विस्तार हुँदैछ । युवापुस्तामा परिवर्तनको चाहना बलियो बन्दै गएको छ । भ्रष्टाचार, अन्याय र अराजकताविरुद्ध आवाज उठाउने नागरिकहरूको संख्या पनि बढिरहेको छ । त्यसैले समाज पूर्ण रूपमा पतनको दिशामा गएको भन्नुभन्दा, परिवर्तनको संघर्षमय चरणमा रहेको भन्नु बढी यथार्थपरक देखिन्छ ।
आज नेपाली समाजमा राजनीतिक ध्रुवीकरण निकै तीव्र भएको छ । पार्टी, विचारधारा र नेताको नाममा समाज विभाजित हुन थालेपछि सामूहिक सोच कमजोर हुन्छ । सामाजिक सञ्जालमार्फत फेक सूचना तीव्र रूपमा फैलिरहेको छ । आज मानिससँग सूचनाको अभाव छैन, तर सही सूचना छान्ने विवेकको प्रयोग भने कम देखिन्छ । परिणामस्वरूप भ्रम र घृणाको वातावरण बढ्दै गएको छ ।
पार्टी, विचारधारा र नेताको नाममा समाज विभाजित हुन थालेपछि सामूहिक सोच कमजोर हुन्छ । सामाजिक सञ्जालमार्फत फेक सूचना तीव्र रूपमा फैलिरहेको छ ।
यसका साथै व्यक्तिवादको प्रभाव पनि तीव्र हुँदै गएको देखिन्छ । पहिले ‘हाम्रो गाउँ’ र ‘हाम्रो समाज’ भन्ने भावना बलियो थियो । अर्म, पर्म, पैँचो जस्ता सहकार्यका संस्कार जीवित थिए । तर अहिले ‘म र मेरो फाइदा’ भन्ने सोच बढ्दै गएको आभास हुन्छ । बैंक, सहकारी वा अन्य वित्तीय संस्थाबाट लिएको ऋण तिर्नेभन्दा कसरी नतिर्ने भन्ने मानसिकता विकसित हुँदै गएको देखिन्छ । यसको प्रभाव सहकारी संस्थाहरूको संकटमा मात्र होइन, बैंक तथा वित्तीय संस्थाहरूमा समेत देखिन थालेको छ । सामाजिक सञ्जालको ‘भाइरल’ संस्कृतिले पनि मानिसलाई लहैलहैमा बगाइरहेको छ, जसले गर्दा समाजको समग्र दिशा कता जाँदैछ भन्ने प्रश्न झन् गम्भीर बनेको छ ।
पछिल्लो समय ज्ञान त बढेको छ, तर नैतिक शिक्षा र मूल्यबोधको खडेरी देखिन थालेको छ । सामाजिक जिम्मेवारी, सहानुभूति र मानवीय संवेदनशीलता जस्ता मूल्यहरू कमजोर हुँदै गएका छन् । समाजलाई दिशा दिने नैतिक र वैचारिक नेतृत्व कमजोर हुँदा समाज पनि अलमलमा परेको जस्तो देखिन्छ । यसले सम्बन्ध, माया र सहकार्यभन्दा अलग दिशातिर समाजलाई धकेलिरहेको आभास हुन्छ ।
पहिले ‘हाम्रो गाउँ’ र ‘हाम्रो समाज’ भन्ने भावना बलियो थियो । अर्म, पर्म, पैँचो जस्ता सहकार्यका संस्कार जीवित थिए । तर अहिले ‘म र मेरो फाइदा’ भन्ने सोच बढ्दै गएको आभास हुन्छ । बैंक, सहकारी वा अन्य वित्तीय संस्थाबाट लिएको ऋण तिर्नेभन्दा कसरी नतिर्ने भन्ने मानसिकता विकसित हुँदै गएको देखिन्छ ।
तर के नेपाली समाज वास्तवमै बिग्रिसकेको हो ? यो प्रश्न गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ । इतिहास हेर्दा हरेक समाज समय-समयमा उतारचढावबाट गुज्रन्छन् । नेपालले पनि विभिन्न कालखण्डमा राजनीतिक द्वन्द्व, अस्थिरता र सामाजिक विभाजनको सामना गरेको छ । कहिले एउटा तन्त्रप्रति अविश्वास बढ्दा अर्को तन्त्रतर्फ दौडिएको इतिहास पनि छ । तर स्थायित्वको खोजी कहिले पूरा हुन्छ भन्ने प्रश्न अझै खुला नै छ ।
यति हुँदाहुँदै पनि नेपाली समाजमा मानवीयता पूर्ण रूपमा समाप्त भएको छैन । विपत्तिमा एकअर्कालाई सहयोग गर्ने संस्कार अझै जीवित छ । हालैको निर्वाचनपछि दलहरूले परिणाम सहज रूपमा स्वीकार गर्नु, सहकार्यको संकेत देखिनु, गालीगलौजको वातावरण केही कम हुनु जस्ता घटनाहरूले पनि समाजमा सहिष्णुता अझै बाँकी रहेको देखाउँछन् । युवाहरू विभिन्न सामाजिक अभियानमा सक्रिय देखिनु पनि सकारात्मक संकेत हो । यसले देखाउँछ कि मानवीयता मरेको होइन, केवल दबाबमा परेको मात्र हो ।
जिम्मेवार नागरिकले अराजकता देख्दा मौन बस्ने होइन, सचेत रूपमा आवाज उठाउने संस्कृति विकसित गर्नुपर्छ । गाउँ, टोल र समुदायमा संवाद, सहकार्य र सामुदायिक सम्बन्ध पुनर्जीवित गर्नु पनि आवश्यक छ । साथै समाजले नै जिम्मेवार, नैतिक र दूरदर्शी नेतृत्व चयन गर्ने चेतना विकास गर्नुपर्छ ।
यस्तो दोधारको अवस्थामा समाजलाई पुनः नैतिक र जिम्मेवार बनाउने प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ । यसको समाधान पनि समाजबाटै आउनुपर्छ । यसका लागि आलोचनात्मक सोचको विकास आवश्यक छ । गलत खबर र अफवाहलाई सजिलै विश्वास नगर्ने संस्कार निर्माण गर्नुपर्छ । विद्यालय र परिवार दुवैले नैतिक शिक्षा र मूल्य-शिक्षालाई प्राथमिकता दिनुपर्छ । जिम्मेवार नागरिकले अराजकता देख्दा मौन बस्ने होइन, सचेत रूपमा आवाज उठाउने संस्कृति विकसित गर्नुपर्छ । गाउँ, टोल र समुदायमा संवाद, सहकार्य र सामुदायिक सम्बन्ध पुनर्जीवित गर्नु पनि आवश्यक छ । साथै समाजले नै जिम्मेवार, नैतिक र दूरदर्शी नेतृत्व चयन गर्ने चेतना विकास गर्नुपर्छ ।
अन्त्यमा, समाज कुनै बाहिरी शक्ति होइन । समाज भनेको हामी सबै मानिसहरूको सामूहिक प्रतिविम्ब हो । यदि नागरिक विवेकी, जिम्मेवार र सहानुभूतिशील बन्छन् भने समाज पनि त्यस्तै बन्छ । विसंगति र विकृतिविरुद्ध प्रश्न उठाउने मानिसहरू समाजमा जीवित छन् भने त्यही समाजको जीवन्तताको प्रमाण हो । यस्ता सचेत नागरिकहरूको उपस्थिति र चेतना नै समाजलाई सही दिशामा डोर्याउने सबैभन्दा ठूलो आशा हो ।
अस्तु
लेखक,साहित्यकार घनबहादुर थापालाई ‘अफरोड’ स्तम्भमार्फत हरेक शनिवार नेपाल चर्चामा भेटघाट हुनेछ ।
