घनबहादुर थापा
यो समयमा धेरै राम्रा काम हुँदै थिए । भूमिसुधार व्यवस्था लागू, राजमार्ग निर्माणलगायतका काम गर्दै देशलाई एउटा दिशामा ल्याउने र अन्य विकास निर्माणका काम हुँदै थिए । तर विसं २०३५ सालमा बहुदलको सपना अगाडि ल्याइयो । वहुदलीय व्यवस्था कि निर्दलीय ? जनमत सङ्ग्रहले पञ्चायतलाई निरन्तरता दियो । तर जनतामा असन्तोष बढ्दै गयो ।
हामी लामो समयदेखि लोकतान्त्रिक अभ्यास गरिरहेका छौँ । नेपालको राजनीतिक इतिहास हेर्दा विभिन्न शासन प्रणालीहरूको परीक्षण गरिरहेका छौं जस्तो लाग्छ । यसको कारण हो, छोटो समयमा बारम्बार शासन परिवर्तन हुनु । विसं २००७ सालदेखि २०८२ सम्म आइपुग्दा नेपालले प्रजातन्त्र, पञ्चायत, बहुदलीय व्यवस्था, लोकतन्त्र हुँदै गणतन्त्रसम्मको यात्रा तय गरेको छ । समयअनुसार यओ सबै नयाँ थिएँ र समयसँगै क्रमशः पुराना हुँदै गए । नयाँ उदाउँदै गए । नयाँ आउँदै पुराना जाँदै गरी यति धेरै परिवर्तनका बावजुद पनि स्थायित्वको खोजी अझै अधुरै छ । जनताले नयाँले केही गर्छन् कि भन्दै आशा राख्दै मत दिइरहेका छन् । यही सन्दर्भले गर्दा अहिले देश एउटा राजनीतिक प्रयोगशाला बनेको छ कि भन्ने प्रश्न उब्जिएको छ ।
विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनले राणा शासनको अन्त्य गर्यो । जनताको हातमा शासनको बागडोर आयो भनियो । तर आम निर्वाचन हुन करिब आठ वर्ष पर्खिनु पर्यो । आम निर्वाचन पनि भयो । तर जननिर्वाचित सरकारले लामो समय काम गर्न पाएन । किनकि विसं २०१७ सालमा तत्कालीन राजाले निर्दलीय पञ्चायती व्यवस्था लागू गरिदिए ।
असन्तुष्टिको पृष्ठभूमिमा २०६२/०६३ को आन्दोलन भयो । त्यसले राजतन्त्रको अन्त्य गर्दै नेपाललाई गणतन्त्रमा रूपान्तरण गर्यो । यो परिवर्तन ऐतिहासिक थियो । सबैले नयाँलाई हेर्ने भन्दै माओवादी शक्तिलाई पहिलो दल बनाए । तर यसले पनि अपेक्षित स्थायित्व दिन सकेन । जनतामा भित्र-भित्र तीब्र असन्तोष भएको कसैले पत्तो पाएन । भुसको आगो सल्केको सत्ताधारी शक्तिले थाहै पाएन ।
त्यो असन्तोष बढ्दै गएर अन्ततः विसं २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनःस्थापित गर्यो । तर त्यसपछि पनि स्थायित्व आएन । नेपाली काँग्रेसको बहुमतको सरकार ढलेपछि झन् अस्थिरता बढ्यो । त्यसपछि भएको आम निर्वाचनमा कुनै पनि दलको बहुमत आएन । फलतः सरकारहरू बारम्बार परिवर्तन भए । नीतिहरू अस्थिर रहे र जनताको अपेक्षा पूरा हुन सकेन ।
यसै असन्तुष्टिको पृष्ठभूमिमा २०६२/०६३ को आन्दोलन भयो । त्यसले राजतन्त्रको अन्त्य गर्दै नेपाललाई गणतन्त्रमा रूपान्तरण गर्यो । यो परिवर्तन ऐतिहासिक थियो । सबैले नयाँलाई हेर्ने भन्दै माओवादी शक्तिलाई पहिलो दल बनाए । तर यसले पनि अपेक्षित स्थायित्व दिन सकेन । जनतामा भित्र-भित्र तीब्र असन्तोष भएको कसैले पत्तो पाएन । भुसको आगो सल्केको सत्ताधारी शक्तिले थाहै पाएन ।
फलतः विसं २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले फेरि नयाँ राजनीतिक चेतनाको संकेत दिएको छ । पुराना राजनीतिक शक्ति र उनीहरूको शैलीप्रति जनताले असन्तुष्टि जनाउँदै नयाँ विकल्पको खोजी गरिरहेको देखिन्छ । यसको पुष्टि हालै सम्पन्न निर्वाचनले गरेको छ । किनकि नयाँ दलले एकल बहुमत ल्याएको अवस्था छ र यो नै अहिलेको सबैभन्दा ठूलो राजनीतिक घटनाका रूपमा उभिएको छ । तर अहिले पनि राजनीतिक कार्यक्रम तारे होटलमा भएका छन् । अरूले लुटे अब हामीले पनि लुट्न पाउनुपर्छ भन्ने भाष्य निर्माण हुँदैछ ।
चिल्ला, सुकिला मुकिलाहरूकै चर्को कुरा सुनिँदैछ । एकथरि जेन-जी अवसर पाएर तारे होटल प्रवेश गरिसके । अर्काथरि जेन-जी सडकमा पुनः नारा लगाउन थालेका छन् । आफूले अवसर पाए सबै राम्रो, नपाए सबै नराम्रो भन्ने सोचले द्वन्द्व निम्ताउँछ । अनि देश प्रयोगशाला बन्छ । तसर्थ फरि पनि देश प्रयोगशाला नै बन्ने हो कि भन्ने आशङ्का उब्जिएको छ । प्रश्न उही छ, ‘के यो नयाँ चरण स्थायित्वको सुरुवात हो, कि फेरि अर्को प्रयोग ?’ तर अब त्यस्तो गरने छुट कसैलाई छैन । यसतर्फ पक्ष, प्रतिपक्ष सबै सचेत हुन जरूरी छ ।
नेपालमा नीतिगत निरन्तरताको अभाव देखिन्छ । यो पनि स्थायित्व नआउनुको अर्को प्रमुख कारण हो । सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्तिले दीर्घकालीन योजना कार्यान्वयन हुन सकेका छैनन् । पञ्चायत कालमा बरू नीति लामो समय टिक्थ्यो । बहुदल आएपछि सरकारपिच्छे नीति फेरिन्छ । एउटा दलको सरकार फेरिएपछि सबै फेरिन्छ ।
यसप्रकार नेपाल बारम्बार प्रयोगशाला किन बन्छ त ? मुख्य कारणहरू केलाउन जरूरी छ । राजनीतिक दलहरू शुरूमा सङ्घर्ष गर्छन् । आफ्नो हातमा सत्ता आएपछि बहकिन्छन् । आफू र आफ्नातिर केन्द्रित हुन्छन् । जनताका समस्या बुझ्दैनन् । अपरिपक्व व्यवहार प्रदर्शन गर्छन् । संस्थागत कमजोरी भएको पत्तो पाउँदैनन् वा पाएर पनि वास्ता गर्दैनन् । नेतृत्वको स्वार्थले सीमा नाघ्छ । दलगत स्वार्थ सर्वोपरी हुन्छ । अर्कोतिर नेपाललाई दुई ढुङ्गाबिचको तरूल भनिन्छ । सम्भवतः बाह्य प्रभावहरूले यहाँको शासन प्रणालीलाई स्थिर हुन दिएका छैनन् । नत्र प्रत्येक नयाँ व्यवस्था आउँदा आशाका साथ शुरू हुन्छ, तर व्यवहारमा पुरानै प्रवृत्तिहरू दोहोरिन्छन् किन ? परिवर्तन त हुन्छ, तर सुधार हुँदैन किन ? प्रश्न गम्भीर छ ।
नेपालमा नीतिगत निरन्तरताको अभाव देखिन्छ । यो पनि स्थायित्व नआउनुको अर्को प्रमुख कारण हो । सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्तिले दीर्घकालीन योजना कार्यान्वयन हुन सकेका छैनन् । पञ्चायत कालमा बरू नीति लामो समय टिक्थ्यो । बहुदल आएपछि सरकारपिच्छे नीति फेरिन्छ । एउटा दलको सरकार फेरिएपछि सबै फेरिन्छ । फेरि लामो समय गठबन्धन सरकार हुँदा आशातीत काम हुन सकेको देखिँदैन । आ-आफ्नो शक्ति सञ्चयमा दलहरूले समय खर्चिएको देखिन्छ । उता संविधानले दिएको संरचना र व्यवहारमा फरक कार्यशैली देखिन्छ । यसले सधैँ संक्रमण निम्ताउँछ ।
अहिलेको नयाँ राजनीतिक अवस्थाले भने एउटा अवसर दिएको छ । एकल बहुमत प्राप्त सरकारसँग निर्णय गर्ने क्षमता हुन्छ । यदि यसले विगतका कमजोरीहरूबाट सिक्दै संस्थागत सुधार, पारदर्शिता र नीतिगत स्थायित्वमा ध्यान दिन सक्यो भने नेपालले प्रयोगशालाबाट बाहिर निस्कने अवसर पाउन सक्छ । तर यसअघिका बहुमतका सरकारले पनि अवधि पूरा गरेको देखिएन । यदि पुरानै प्रवृत्ति दोहोरियो भने यो पनि अर्को असफल प्रयोगमा सीमित हुनेछ । जसले अझ खराब अवस्थामा देशलाई प्रयोगशाला बनाउने खतरा टरेको देखिँदैन ।
नयाँ राजनीतिक अवस्थाले भने एउटा अवसर दिएको छ । एकल बहुमत प्राप्त सरकारसँग निर्णय गर्ने क्षमता हुन्छ । यदि यसले विगतका कमजोरीहरूबाट सिक्दै संस्थागत सुधार, पारदर्शिता र नीतिगत स्थायित्वमा ध्यान दिन सक्यो भने नेपालले प्रयोगशालाबाट बाहिर निस्कने अवसर पाउन सक्छ । तर यसअघिका बहुमतका सरकारले पनि अवधि पूरा गरेको देखिएन ।
सङ्क्षेपमा, नेपालले धेरै प्रयोग गरिसकेको छ । त्यसैले अब हामीले प्रयोग होइन, परिपक्वता रोज्नुपर्छ । बलियो संयन्त्र निर्माणमा लाग्नुपर्छ । जिम्मेवार नेतृत्व र सचेत नागरिक सहभागिता कायम गर्नुपर्छ । राजनीतिक परिवर्तनले मात्र होइन, व्यवहारिक सुधारले मात्र देशलाई अगाडि बढाउन सक्छ । स्थायित्व दिन सक्छ । अब समय आएको छ- देशलाई प्रयोगशाला हुनबाट जोगाएर सु-शासनको नमुना बनाउने कि ? पुरानै इतिहास दोहोर्याएर अर्को आन्दोलन पर्खिने ?
लेखक,साहित्यकार घनबहादुर थापालाई ‘अफरोड’ स्तम्भमार्फत हरेक शनिवार नेपाल चर्चामा भेटघाट हुनेछ ।
